०९ साउन २०८३, शनिबार

भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री ठाकरेले दिए राजीनामा

भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री ठाकरेले दिए राजीनामा
तस्वीर सौजन्य : आजतक

भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन्। 

सर्वोच्च अदालतले बहुमत परीक्षणका लागि आदेश दिएलगत्तै उनले राजीनामा दिएका हुन्।

बहुमत परीक्षणमा सर्वोच्च अदालतको आदेशको लगत्तै सामाजिक संजालको लाइभमा भनेका छन् ‘म शिव सैनाहरुको रगत बगोस् भन्ने चाहन्नँ। त्यसैले महाराष्ट्रको मुख्यमन्त्री पद त्याग्दै छु। पद त्याग गर्दा मलाई कुनै दुःख लागेको छैन।’

ठाकरे त्यसलगत्तै उनी राज्यपाल भगतसिंह कोसियारीलाई आफ्नो राजीनामा बुझाउन राजभवन पुगेका थिए।

यसअघि बुधबार राति करिब ९ बजे सर्वोच्च अदालतले बहुमत परीक्षण रोक्न अस्वीकार गरेको थियो।

salt training

कमेन्ट गर्नुहोस्