१० साउन २०८३, आइतबार
जसपा विवाद

उपेन्द्र-बाबुराम समझदारी : हाँसेरै आ-आफ्नो बाटो लागौं

असार १६, २०७९
उपेन्द्र-बाबुराम समझदारी : हाँसेरै आ-आफ्नो बाटो लागौं
फाइल तस्‍वीर

जनता समाजवादी पार्टी सहज तरिकाले फुटाउनका लागि अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई सहमत भएका छन्। 

बुधवार संसदीय दलको कार्यालयमा कार्यकारिणी अध्यक्ष यादव र संघीय परिषद अध्यक्ष यादवबीच भएको भेटवार्तामा हाँसी हाँसी मिलेर नै पार्टी फुटाउनका लागि सहमत भएका हुन्।

जसपा संसदीय दलका प्रमुख सचेतक प्रमोद कुमार साहले पनि उक्त भेटवार्तामा दुवै जना सौहार्दपूर्ण तरिकाले नै छुट्टिन सहमत भएको बताए ।

'पार्टीमा एक साथ रहन नसकिने भन्ने कुरामा दुवै नेता निष्कर्षमा पुग्नुभएको हो,' साहले लोकान्तरसँग भने,' जसरी हाँसी हाँसी दुई पार्टी बीच एकता भएको थियो त्यसरी नै हाँसी हाँसी पार्टी फुटाएर आ-आफ्नो बाटो लागौं भन्ने कुरामा दुवै जना सहमत हुनुभएको छ,' साहले लोकान्तरसँग भने।

salt training

कमेन्ट गर्नुहोस्