१७ असार २०८३, बुधबार

जंगली च्याउ खाँदा बुटवलमा १५ जना बिरामी

जंगली च्याउ खाँदा बुटवलमा १५ जना बिरामी

विषालु च्याउको सेवनबाट बुटवलमा १५ जना बिरामी परेका छन् ।

विषालु च्याउ खाँदा बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँका ६, वडा नम्बर ४ लक्ष्मीनगरका ७ र  वडा नम्बर १३  बेलबासका २ जना बिरामी भएका हुन् ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीका अनुसार जंगलबाट ल्याएको च्याउ खाँदा बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँका २८ वर्षीया रिना विक, २८ वर्षीया कमला विक, ८ वर्षीया सुप्रिया विक, ३८ वर्षीय विष्णु विक, ३३ वर्षीया दुर्गा विक र ५० वर्षीय हुमबहादुर विक बिरामी भएका छन् ।

यसैगरी बुटबल–४ लक्ष्मीनगर बस्ने ६२ वर्षीया हिमाकुमारी छन्त्याल, ६२ वर्षकै गौरीमाया सेन, ६५ वर्षीया दीपा सेन, १४ वर्षीय यथार्थ जिसी, ४२  वर्षीया मञ्जु सेन, ६४ वर्षका हरि सेन र ३७ वर्षका प्रकाश सेन बिरामी भएका छन् ।

यसैगरी बेलबास शान्ति चोकका ४५ वर्षीया पेमा थापा, ४३ वर्षीया सुशीला रोका, २८ वर्षीया रिमा विक, २८ वर्षीया कमला विक, ८ वर्षकी सुप्रिया विक, ३८ वर्षीय विष्णु विक र ३३ वर्षीया दुर्गा विक, ५० वर्षीय हुमबहादुर विक बिरामी भएको प्रहरीले जनाएको छ ।

बिरामीकोे लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरूमध्ये ५ जनाको आईसीयूमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख केसीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्