
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
नगरपालिकाले १६ लाख रुपैयाँ लागतमा आर्थिक वर्ष २०७८/७९ को बजेटबाट एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको हो ।
नगर प्रमुख जनचन्द्र रोकायाले त्रिपुरासुन्दरीसहित यातायात सेवा पुगेका अन्य पालिकामा पनि निःशुल्क सेवा दिने बताए । त्रिपुरासुन्दरी नगरपालिकाको कोटबगरस्थित ठूलीभेरी नदीमाथि राखिएको बेलीब्रिज पनि सञ्चालनमा आएको छ ।