२३ असार २०८३, मंगलबार

निरंकुश सत्ता चलाउन चाहनेका लागि संसद आँखाको कसिंगर बन्यो : रामचन्द्र पौडेल

निरंकुश सत्ता चलाउन चाहनेका लागि संसद आँखाको कसिंगर बन्यो : रामचन्द्र पौडेल
फाइल फोटो

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेलले निरंकुश सत्ता चलाउनेका लागि संसद जहिले पनि आँखाको कसिंगर बन्ने गरेको बताएका छन् । 

संसद दिवसको अवसरमा पूर्व सांसद मञ्चले बिहीवार आयोजना गरेको कार्यक्रममा पौडेलले संसद विघटन गरेर शासन सत्ता चलाउन चाहने तानाशाह भएको आरोप लगाएका हुन् । 

‘जनताको आवाजलाई मुखरित गर्ने संसद निरंकुश सत्ता चलाउन चाहनेका लागि जहिले पनि आँखाको कसिंगर बन्ने गरेको छ । हुकुमी शासन चलाउनेलाई संसद मन पर्दैन,’ पौडेलले भने, ‘पूरै होस् या आंशिक भंग गर्ने । जोसुकैले गरेको भए पनि अधिनायकवादी प्रवृत्तिको द्योतक हो । जसले धेरै समयका लागि भंग गर्‍यो, त्यो धेरै तानाशाह हो ।’

पौडेलले संसदलाई प्रभावकारी बनाउन पूर्व सांसद मञ्चको भूमिका हुने भन्दै क्रियाशील बन्न आग्रह गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्