०४ असार २०८३, बिहीबार

प्रधानसेनापति शर्माले अमेरिकी सुरक्षा अधिकारीलाई भेट्ने

प्रधानसेनापति शर्माले अमेरिकी सुरक्षा अधिकारीलाई भेट्ने

संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले त्यहाँका उच्च सुरक्षा अधिकारीहरूसँग भेटवार्ता गर्ने भएका छन् । उनले बिहीवार सुरक्षा अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको अमेरिकास्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

उनले वासिङ्टन डिसीमा रहेको डिफेन्स युनिभर्सिटीमा त्यहाँका सुरक्षा अधिकारीहरूसँग भेटघाट कार्यक्रम तय भएको छ । विज्ञप्तिमा प्रधानसेनापति शर्मासँगको भेट अमेरिकी सैन्य संस्थाका अधिकारीहरूको सहभागिता रहने उल्लेख गरिएको छ । 

भेटका क्रममा नेपाल अमेरिका सेना बीचको सम्बन्धलाई थप बलियो बनाउने विषयमा विचारविमर्श हुने छ । त्यस क्रममा दुई देशबीचको सैनिक सहयोग सुदृढीकरण तथा शान्ति स्थापनालगायतका विषयमा कुराकानी हुने विज्ञप्तिमा उल्लेख छ । 

गत आइतवार भ्रमणका लागि अमेरिका पुगेका उनले बुधबार पेन्सिलभेनियास्थित युएस आर्मी वार कलेज र युएस नेशनलको अवलोकन भ्रमण गरेका थिए । 

अमेरिकाले आफ्नौ सैन्य कार्यक्रम नेपाललाई स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी सम्झौताका लागि छनौट गरे पनि नेपाल अस्वीकार गरेको समयमा शर्माको भ्रमण तय भएको थियो । चौतर्फी विरोधपछि सरकारले एसपीपी सम्झौतामा सहभागी हुने अमेरिकालाई जानकारी गराइसकेको छ । तर, नेपाली सेनाले उक्त सम्झौतामा सहभागी हुने भन्दै औपचारिक पत्र पठाएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्