
नेपाली कांग्रेस बागलुङ जिल्ला कार्यसमितिका पूर्व सचिव नवराज पौडेलसहित नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।
शनिवार एमाले अध्यक्ष केपी शर्मा ओलीले नवप्रवेशीलाई पार्टीमा स्वागत गरेका छन् ।
पौडेलसहित कांग्रेस नेत्री मञ्जु चालिसे, नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटी अध्यक्ष तिलक उप्रेती लगायत नेताहरू एमालेमा प्रवेश गरेका हुन् ।
शनिवार बालकोटमा आयोजित कार्यक्रममा ओलीले नवप्रवेशीलाई स्वागत गरेका छन् ।