३१ जेठ २०८३, आइतबार

कोइरालाको ९९औँ जन्म जयन्तीमा फलफूल वितरण

कोइरालाको ९९औँ जन्म जयन्तीमा फलफूल वितरण

पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको ९९औँ जन्म जयन्तीको अवसरमा शनिवार नारायणी अस्पतालमा फलफूल वितरण गरिएको छ ।

जिपी कोइराला फाउण्डेसनले अस्पतालमा  उपचार गराइरहेका १ सय ८५ जना बिरामीलाई केरा, स्याउ, बिस्कुट, अण्डा र फ्रुटीसहितको प्याकेट वितरण गरेको हो । कोइरालाको जन्मजयन्तीको अवसरमा फलफूल वितरण गरिएको फाउण्डेसन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले जानकारी दिए । 

फलफूल वितरण कार्यक्रममा नेपाली कांग्रेसका मधेस प्रदेश महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठ, जिल्ला सभापति जनार्दनसिंह क्षेत्री, उपसभापति अशोक साह कानु, महाधिबेशन प्रतिनिधिहरू श्याम पटेल, दीनाप्रसाद गुप्ता, मिन्टुदेवी सिंह, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, पूर्व जिल्ला सहसचिव रोशन लामिछाने लगायतका नेताहरूसहित कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 

त्यस अवसरमा फाउण्डेसन पर्साले आइतबार बिहान मानवसेवा आश्रम वीरगन्जमा रहेका लक्ष्मीनारायण र बालगोपालहरूलाई खाना खुवाउने कार्यक्रम रहेको छ । त्यस्तै सोमबार ठाकुरराम बहुमुखी क्याम्पसमा वृक्षारोपण गर्ने कार्यक्रम रहेको फाउण्डेसनका कोषाध्यक्ष मनोहर साहले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्