भदौ २, २०७९
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकलाई निर्णयार्थ पेश गर्दा संसदमा मत विभाजन गर्न माग गरेको छ । नागरिकता जस्तो गम्भीर प्रकृतिको विधेयकलाई ध्वनि मतबाट पारित गर्न नमिल्ने...
काठमाडाैं | असार १८, २०७९
आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्न चाहनेहरूको भेला ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शुरू भएको छ ।
‘स्वतन्त्र उम्मेदवारी अभियान’ नाम दिइएको उक्त भेलामा स्वतन्त्र उम्मेदवारी अभियानका संयोजक डम्बर साहुले ‘राजनीतिमा शुद्धीकरणः मिसन–१६५’ शीर्षकको अवधारणापत्र पेश गरेका छन् । ।
उनले आगामी चुनावमा स्वतन्त्र उम्मेदवारी अभियानको तर्फबाट उम्मेदवार बन्न चाहेका लागि १३ वटा मापदण्ड पनि प्रस्ताव गरेका छन् । यसमा उम्मेदवार बन्न स्नातक उत्तीर्ण हुनुपर्नेदेखि पुलिस रिपोर्ट र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेसम्म छन् ।
यी हुन् प्रस्तावित मापदण्ड
१. हामीले मत दिने उम्मेदवार विरासत, पैसा, इतिहासको ब्याज र सम्प्रदायका आधारमा होइन, व्यक्तिगत क्षमता, योग्यता, कार्ययोजना र नैतिकवान् चरित्रका आधारमा तय हुनेछ ।
२. राज्यले नै ६८ वर्षको व्यक्तिलाई वृद्धभत्ता तोकिसकेको हुनाले हामीले मतदान गर्ने उम्मेदवार अधिकतम ६८ वर्ष नकटेको हुनेछ ।
३. सांसद वा मन्त्रीले देश-विदेशमा विभिन्न छलफल र निर्णयमा सहभागिता जनाउनुपर्ने भएकाले सांसदका उम्मेदवारको न्यूनतम योग्यता स्नातक तह उत्तीर्ण हुनुपर्नेछ ।
४. प्रत्यक्ष निर्वाचनमा लड्ने व्यक्तिले चुनाव लड्ने घोषणा गरेकै दिन आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेछ ।
५. सांसदको उम्मेदवार बन्न चाहने व्यक्तिको चरित्र स्वच्छ हुनुपर्छ । उसमाथि कुनै पनि चारित्रिक दाग लागेको हुनुहुँदैन । उम्मेदवारी घोषणा गरेकै दिन पुलिस रिपोर्ट सार्वजनिक गरिएको हुनुपर्दछ ।
६. उम्मेदवार बन्ने व्यक्तिले जितेर गर्ने कामका बारेमा आफ्नो स्पष्ट कार्ययोजना र भिजन सार्वजनिक गर्नुपर्छ ।
७. प्रदेश वा संघको मन्त्री दाबी गर्ने व्यक्तिले सम्बन्धित मन्त्रालयको विषयमा विज्ञता राखेको हुनुपर्दछ ।
८. उम्मेद्वार बन्ने व्यक्ति राज्यको नीति निर्माण गर्ने थलोमा स्वार्थ बाझिनेखालको हुनुहुँदैन । जस्तै: निजी व्यवसायी, व्यापारी एवं ठेकेदारहरु नै सांसद, मन्त्री वा संसदीय समितिका सभापति बन्ने परिपाटीको अन्त्य गरिनुपर्दछ ।
९. विदेशमा ग्रिनकार्ड वा पीआर लिएका व्यक्तिलाई स्वतन्त्र उम्मेदवारका रुपमा मतदान गर्न वा स्वतन्त्र उम्मेदवार मान्न सकिनेछैन ।
१०. तीनपटकभन्दा बढी मन्त्री भइसकेकाहरुलाई मतदान गरिने छैन ।
११. उम्मेदवार बन्ने व्यक्तिले परिवारको जीविकोपार्जनको वैधानिक स्रोत सार्वजनिकरुपमा खुलाउनुपर्नेछ ।
१२. भ्रष्टाचारको अभियोग लागेका व्यक्ति उम्मेदवार बन्न पाउने छैनन् ।
१३. सांसद वा मन्त्री बनेर घुस खान्नँ, कुनै अनियमितता गर्दिनँ, जनताको पक्षमा काम गर्नेछु, त्यसो नगरे राजीनामा दिएर फिर्ता हुन तयार छु भन्ने प्रतिबद्धता जनाउनुपर्नेछ । संवैधानिक आयोग एवं राजदूतलगायत अन्य राजनीतिक नियुक्तिहरूमा पनि दलीय भागबण्डको संसदमा खुलेर विरोध गर्ने प्रतिबद्धता जनाउनुपर्नेछ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकलाई निर्णयार्थ पेश गर्दा संसदमा मत विभाजन गर्न माग गरेको छ । नागरिकता जस्तो गम्भीर प्रकृतिको विधेयकलाई ध्वनि मतबाट पारित गर्न नमिल्ने...
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् । बिहीवारै गृहजिल्ला झापा आइपुगेका उनले कचनकबलको बनियानीमा आयोजित प...
आजमात्रै प्रतिनिधिसभाबाट दोस्रोपटक पारित भएको नागरिकता हुबहु पास हुनु दुर्भाग्यपूर्ण भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन्। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयकमाथि पुनर्विचार गर्न भनेर फि...
राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकमाथि प्रतिनिधि सभामा मतदान शुरू भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजन माग गरेपछि मतदानमार्फत विधेयकलाई निर्णयार्थ पेश गरिएको हो । यसअघि प्रतिनिधि...
राष्ट्रपतिले प्रतिनिधि सभामा फर्काइदिएको नागरिकता विधेयक फेरि हुबहु संसदबाट बहुमतले पारित भएको छ । संसदको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ध्वनि मत विभाजन नमान्ने भनेपछि मतदानबाट विधेयक पारित गरिएको हो ...
नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालको दोस्रो राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी भेलाको सम्पूर्ण तयारी पूरा...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...