भदौ २, २०७९
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकलाई निर्णयार्थ पेश गर्दा संसदमा मत विभाजन गर्न माग गरेको छ । नागरिकता जस्तो गम्भीर प्रकृतिको विधेयकलाई ध्वनि मतबाट पारित गर्न नमिल्ने...
काठमाडाैं | असार १८, २०७९
प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई गठबन्धन सरकारले पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् ।
प्रस्तावित विमानस्थलको निरीक्षण गर्न गठबन्धन दलका शीर्ष नेतासहित शनिवार नेपाली सेनाको हेकिप्टरबाट बारा पुगेका प्रधानमन्त्री देउवाले निजगढ विमानस्थल बनाउने काममा अब ढिलासुस्ती नहुने उल्लेख गरे ।
शुरुमा दुई लेनको रन्वेसहित विमानस्थल निर्माण छिट्टै शुरू गरिने उनको भनाइ छ ।
तराई–मधेश द्रुतमार्ग र विमानस्थल एकअर्कासँग जोडिएका आयोजना रहेका उल्लेख गर्दै प्रधानमन्त्री देउवाले दुवै आयोजना निर्माणको काम नरोकिने उद्घोष गरे ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढमा विमानस्थल बन्न नसके राज्यलाई अर्बौं रूपैयाँको नोक्सानी हुने बताए ।
सो अवसरमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्चको पूर्णपाठसहितको फैसला स्वागतयोग्य रहेको बताए ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तराई–मधेसको अर्थतन्त्रमा टेवा पुग्ने, यस क्षेत्रका नागरिकलाई रोजगारी सिर्जना हुने हुँदा निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुको विकल्प नरहेको बताए ।
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रधानमन्त्री देउवाले निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने संकल्प लिएको उल्लेख गर्दै आफूले पनि त्यसमा सहमति जनाइसकेको बताइन् ।
कार्यक्रममा वनमन्त्री रामसहाय यादव, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठ, अर्थमन्त्री जनार्दन शर्मा, खानेपानीमन्त्री उमाकान्त चौधरी, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलगायत सहभागी थिए । -रासस
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकलाई निर्णयार्थ पेश गर्दा संसदमा मत विभाजन गर्न माग गरेको छ । नागरिकता जस्तो गम्भीर प्रकृतिको विधेयकलाई ध्वनि मतबाट पारित गर्न नमिल्ने...
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शुक्रवार बिहानसम्मका लागि स्थगित भएको छ । बिहीवार बिहान ९ बजेका लागि बोलाएको माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित गरेर अपराह्न ४ बजेका लागि बोलाइएको थि...
राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक पारित गर्दा प्रतिनिधि सभामा मतदान गरिने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजन मागेपछि सभामुख अग्नि सापकोटाले मत विभाजनमार्फत् विधेयकलाई निर्णयार्थ पे...
आजमात्रै प्रतिनिधिसभाबाट दोस्रोपटक पारित भएको नागरिकता हुबहु पास हुनु दुर्भाग्यपूर्ण भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन्। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयकमाथि पुनर्विचार गर्न भनेर फि...
राष्ट्रपतिले प्रतिनिधि सभामा फर्काइदिएको नागरिकता विधेयक फेरि हुबहु संसदबाट बहुमतले पारित भएको छ । संसदको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ध्वनि मत विभाजन नमान्ने भनेपछि मतदानबाट विधेयक पारित गरिएको हो ...
नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालको दोस्रो राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी भेलाको सम्पूर्ण तयारी पूरा...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...