२८ असार २०८३, आइतबार
ओलीको बोली

ओलीले भने- किसानलाई मल दिन नसक्ने कृषिमन्त्रीले राजीनामा नदिएर के हेरेर बसेको ?

ओलीले भने- किसानलाई मल दिन नसक्ने कृषिमन्त्रीले राजीनामा नदिएर के हेरेर बसेको ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवको राजीनामा मागेका छन् ।

शनिवार एमाले कार्यालयमा अखिल नेपाल किसान महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले किसानलाई समयमा मल उपलब्ध गराउन नसकेको भन्दै राजीनामा मागेका हुन् । 

‘झण्डा हल्लाउ भनेर मन्त्री बनाएको कि किसानलाई मल, बीउ देऊ भनेर बनाएको ? कृषिमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ के हेरेर बसेको ?,’ ओलीले भने । 

कृषि मन्त्रीले किसानका लागि काम गर्नुपर्ने, किसानको समस्या हेनुपर्ने तर, अहिलेका कृषि मन्त्री भने झण्डा हल्लाउन मात्रै मन्त्री भएको ओलीले बताए ।

सरकारले किसानको आवाज नसुनेको भन्दै सरकारले सुन्ने गरी आफ्ना कुरा भन्न उनले किसानहरूलाई भनेका थिए । 

ओलीले किसानहरुलाई आन्दोलनका लागि उक्साउँदै भनेका थिए, ‘आफ्नो समस्या सुनाउन तपाईंहरू दृढ हुनुपर्छ । सरकारले जुन भाषामा सुन्छ त्यही भाषामा सुनाउन तयार हुनुपर्छ । माग पत्र दिँदा सुनेन भने उसले सुन्ने जुन भाषा हो त्यही भाषा प्रयोग गर्नुपर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्