
पछिल्लो समय कोरोना संक्रमितहरू बढ्दै गएका छन् । पछिल्लो २४ घण्टामा ४४ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ४६७ नमूना परीक्षणमध्ये ३३ जनामा पीसीआर र ११ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्मको मृत्यु संख्या ११ हजार ९५२ छ ।
मन्त्रालयका अनुसार थप १८ जना संक्रमणमुक्त भएका छन् ।
हाल मुलुकभर ३१४ सक्रिय संक्रमित छन् ।