१० साउन २०८३, आइतबार

एपिएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लब विजयी

एपिएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लब विजयी

बिभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले बागमती प्रदेश न्यू डायमण्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । कीर्तिपुरस्थित बहुउदेश्यीय कभर्डहलमा शनिबार भएको फाइनल तथा विभायीग डर्बीमा पुलिसले नेपाल एफीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । राउन्ड रोबिन लिग खेलमा पनि जित निकालेको पुलिसले फाइनलमा पनि निरन्तरता दिन सफल भएको हो । लिगमा पुलिसले एपिएफमाथि ३–१ को सेटमा जित निकालेको थियो । पुलिसले उपाधि जित्ने क्रममा पहिलो सेट २५–१६, दोस्रो २७–२५ र तेस्रो सेटमा २५–१९ को रोमाञ्चक जित निकालेको हो ।

यससँगै विजेता पुलिसले ५ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता एपीएफले २ लाख ५० हजार रुपैयामा चित्त बुझायो । नियमिति स्पाईकर सरस्वती चौधरी चोटका कारण कोर्ट बाहिर रहँदा एपिएफले पछिल्लो समय खराब नतिजाको सामना गरिरहनु परेको छ ।

प्रतियोगिता अन्तर्गत शनिबार नै फाइनल अघि सम्पन्न तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा आयोजक न्यु डायमन्डले परोपकार गल्र्स होस्टललाई पनि सोझो सेटमा हराउँदै तेस्रो स्थानको उपाधि उचाल्यो । तेस्रो स्थान प्राप्त गर्ने क्रममा डायमण्डले परोपकारलाई क्रमशः २५–१२, २५–१४ र २५–२३ को सेटमा पराजित गरेको थियो । तेस्रो भएको न्यु डायमण्डले नगद १ लाख २५ हजार रुपैयाँ प्राप्त ग¥यो भने चौथो भएको परोपकारले ७५ हजार रुपैयाँ पायो ।

प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेश तथा न्यू डायमन्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सञ्चालन भएको प्रतियोगितामा आयोजक न्यु डायमन्डसँगै नेपाल पुलिस, एपिएफ र परोपकार गल्र्स होस्टल गरी कुल चार टोलीको सहभागिता रहेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्