२५ जेठ २०८३, सोमबार

उद्योगी व्यवसायी सफल नभए सरकार पनि सफल हुँदैन- गृहमन्त्री खाण

उद्योगी व्यवसायी सफल नभए सरकार पनि सफल हुँदैन- गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले उद्योगी व्यवसायी सफल नभए सरकार पनि सफल नहुने बताएका छन् ।

सरकारकै सन्तानको रुपमा उद्योगी व्यवसायी रहेकोले आफ्नै सन्तान मारमा पर्ने गरी सरकारले काम नगर्ने उनले बताए । 

शनिवार रुपन्देहीको तिलोत्तमा उद्योग वाणिज्य संघको छैठौं, सातौं साधारण सभा तथा तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले उद्योगी व्यवसायीका विगतदेखिका विद्युत आपूर्ति तथा ट्रंक लाइनका समस्याहरू पनि समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । 

उद्योगी व्यवसायीले बनाएको नारालाई नै मूलआधार बनाएर सरकारले नीति तथा बजेट ल्याएको बताउँदै गृहमन्त्री खाणले सरकार सफल हुन पहिला उद्योगी व्यवसायीहरू सफल हुनुपर्ने तर्क गरे । 

सोही अवसरमा बोल्दै लुम्बिनी प्रदेशका शहरी विकास तथा पर्यटन मन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारले उद्योगी व्यवसायीसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताए । 

तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले तिलोत्तमाको विकासको लागि उद्योगी व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । उनले तिलोत्तमा लगानीको हिसाबले उपयुक्त र सुरक्षित नगर रहेकोले उद्योगी व्यवसायीका लागि लगानीयोग्य वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । 

तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी (माधव) ले सरकारका नीति निजी क्षेत्रमैत्री बन्न आवश्यक रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्