२१ असार २०८३, आइतबार

यस्तो छ ऐश्वर्या रायको फिल्म पीएस–१ को मोशन पोस्टर, कहिले हुन्छ सार्वजनिक ?

असार १९, २०७९
यस्तो छ ऐश्वर्या रायको फिल्म पीएस–१ को मोशन पोस्टर, कहिले हुन्छ सार्वजनिक ?

बलिउडका चर्चित निर्देशक मणि रत्नमको चलचित्र पोन्नियिन सेल्भन (पीएस–१) को मोशन पोस्टर सार्वजनिक भएको छ । 

लामोसमयसम्म चलचित्रबारे कुनै अपडेट नदिएको निर्माता टिमले मोशन पोस्टर सार्वजनिक गरेको हो । 

अबको एकसाता भित्र चलचित्रबारे विभिन्न अपडेट दिने निर्माताले घोषणा समेत गरेको छ । 

लायका प्रोडक्शन र मद्रास टोकीजको ब्यानरमकाा बनेको यस चलदचित्र दुई भागमा रिलिज हुने बताइएको छ । 

सार्वजनिक भएको पोस्टरमा चोल साम्राज्यको एक झलक देखाइएको छ । 

भिडियोमा जनताहरू चोल राजवंशको झण्डा फहराइरहेको देख्न सकिन्छ ।  

यस चलचित्रमा अभिनेत्री ऐश्वर्य रायले अभिनय गरेकी छन् । 

चलचित्रको टिजर आगामी जुलाई ७ मा सार्वजनिक गर्ने तयारी भएपनि अन्तिम समयमा आएर स्थगित भएको छ । 

चलचित्र कहिले सार्वजनिक हुनेबारे निर्माताले केही पनि जानकारी दिएका छैनन् । 


 

salt training

कमेन्ट गर्नुहोस्