२७ असार २०८३, शनिबार

बालेन निर्णायक रहेको ‘नेपहपको श्रीपेच’को उपाधि भाइबर साइमनलाई

बालेन निर्णायक रहेको ‘नेपहपको श्रीपेच’को उपाधि भाइबर साइमनलाई

नेपालकै पहिलो हिपहप सङ्गीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’को उपाधि भाइबर साइमनले जितेका छन् ।

शो को गिरिश खतिवडा, मानस घले र बालेन शाह निर्णायक रहेको शोको शनिवार राती राजधानीमा भएको फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछाडि पार्दै साइमनले उपाधि हासिल गरेका हुन् ।

उपाधिका लागि साइमनसँगै काठमाडौँका बाबु बिलिभर, नवलपरासीका एमसी किङ्ग, पोखराका जेनिस क्षेत्री र झापाका विशेष भट्टराई भिडेका थिए ।

उपाधि विजेता भाइबरले नगद १० लाख रुपैयाँको साथमा रिलायन्स लाइफ इस्योरेन्सबाट ५० लाख रुपैयाँको बिमा, अनर मोबाइलको तर्फबाट एउटा स्मार्टफोन र विश्व भ्रमण गर्ने मौका प्राप्त गरेका छन् ।

यस्तै, दोस्रो भएका जेनिसले नगद पाँच लाख रुपैयाँ र विश्व भ्रमण गर्ने अवसर पाएका छन् भने तेस्रो भएका बाबु बिलिभरले १ लाख नगद सँगै विश्व भ्रमण गर्ने मौका प्राप्त गरेका छन् ।

८ हजार जनाको डिजिटल अडिसनपछि निर्णायकले ५ सय जनालाई भौतिक अडिसनको लागि छानेका थिए । भौतिक अडिसन पोखरा, चितवन, बुटवल, इटहरी र काठमाडौँमा भएको थियो ।

भौतिक अडिसनबाट निर्णायकले उत्कृष्ट १७ छानेर त्यसलाई पनि उत्कृष्ट १२ मा झारेका थिए । त्यसपछि भने भने हप्तामा १–१ जना गर्दै शो बाट प्रतिस्पर्धीहरू बाहिरिएका थिए ।

‘नेपहपको श्रीपेच’ ल्याएको समूहले नयाँ ब्याटल शो ‘ब्याटल भूमि’को घोषणा गरिसकेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्