३० जेठ २०८३, शनिबार

धम्क्याएर रकम असुल्ने दुई जना प्रहरीको फन्दामा

धम्क्याएर रकम असुल्ने दुई जना प्रहरीको फन्दामा

ज्यान मार्ने धम्की दिएर रकम माग गर्ने दुई जना प्रहरीको फन्दामा परेका छन् । विराटनगर ३ का मुकेश शर्मालाई फोन गरेर रकम नदिए ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले मोरङ पथरीशनिश्चरे घर भई विराटनगर ४ मा कन्चनबारीमा बस्दै आएका ३९ वर्षीय गणेशकुमार कार्की र पथरीशनिश्चरे ६ का २६ वर्षीय विशाल ऋषिदेवलाई नियन्त्रणमा लिएको हो । 

उनीहरूले शर्मालाई फोन गरेर रकम माग गरेका थिए । पटक–पटक फोनमार्फत् रकम नदिए ज्यान मार्ने धम्की दिएपछि शर्माले मनि ट्रान्सफरमार्फत् २५ हजार रूपैयाँ पठाएका थिए । उक्त रकम पथरीकै एक मनि ट्रान्सफरबाट निकालेर घरतर्फ जाँदै गर्दा गत शुक्रवार प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ परेका दुवै जनालाई प्रहरीले आइतवार सार्वजनिक गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्