३० जेठ २०८३, शनिबार

वर्षाको कारण पर्खाल भत्किँदा एक जनाको मृत्यु

वर्षाको कारण पर्खाल भत्किँदा एक जनाको मृत्यु
फाइल तस्बिर

शे–फोक्सुण्डो गाउँपालिका–३ बस्ने टसि तुण्डुप गुरूङको घरको कोठाको पर्खाल वर्षातको कारण भत्किँदा एक जनाको मृत्यु भएको छ । भत्किएको पर्खालले थिचेर सोही घरमा मजदुरी काम गरी बस्ने जाजरकोट नलगाड नगरपालिका–७ घर भएका ३१ वर्षीय भरत बिकको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको हो ।

पर्खाल भत्किएर भरतको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी साल्दाङबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्