२८ जेठ २०८३, बिहीबार

भारतले नेपाललाई दियो ७५ एम्बुलेन्स र १७ वटा स्कुल बस

भारतले नेपाललाई दियो ७५ एम्बुलेन्स र १७ वटा स्कुल बस

भारतीय दूतावासले नेपालका विभिन्न संघसंस्थाहरूलाई एम्बुलेन्स तथा विद्यालयलाई बस प्रदान गरेको छ । 

भारतीय दूतावासले आइतबार नेपाललाई ७५ वटा एम्बुलेन्स र १७ वटा स्कुल बस हस्तान्तरण गरेको हो । 

भारतीय दूतावास नविन श्रीवास्तवले विभिन्न संघसंस्था तथा विद्यालयका प्रतिनिधिहरूलाई एम्बुलेन्स र बसको साँचो हस्तान्तरण गरेका थिए । उक्त एम्बुलेन्स तथा स्कुल बस हस्तान्तरण कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललगायतको उपस्थिति रहेको भारतीय दूतावासले जानकारी दिएको छ । 

 

salt training

कमेन्ट गर्नुहोस्