०६ असार २०८३, शनिबार

विभागले भन्योः १५ दिनभित्रै राहदानी पाइन्छ

विभागले भन्योः १५ दिनभित्रै राहदानी पाइन्छ

राहदानी विभागले राहदानी लिन चाहनेलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै आवेदन दिन आग्रह गरेको छ । हाल राहदानी वितरणको प्रक्रिया छरिटो रहेको दाबी गर्दै विभागले सबै जिल्ला प्रशासन कार्यालयमार्फत् आवेदन दिएको १५ दिनभित्रमा राहदानी पाउने सुनिश्चितता भएकाले सम्बन्धित जिल्लाबाटै आवेदन दिन आग्रह गरेको हो । 

पछिल्लो समय काठमाडौं उपत्यका र आसपासमा जिल्लामा २–३ दिनभित्रै र अन्य जिल्लाको हकमा १० देखि १५ दिनभित्रमा राहदानी वितरण भइरहेको विभागको दाबी छ । 

आइतवार एक विज्ञप्ति जारी गर्दै विभागले विभागबाट दैनिक बिहान ९ देखि साँझ ६ बजेसम्म राहदानी वितरणको काम गरिरहेको बताएको छ । विभागले हाल दैनिक ६ हजार ५ सय भन्दा बढी राहदानी उत्पादन गरिरहेको बताएको छ । त्यसमध्ये विभागमा मात्र दैनिक २ हजार ४ सयभन्दा बढीले राहदानी बनाउनका लागि आवेदन दिने गरेका छन् । 

राहदानी निर्माणका लागि आवेदन गरेको २–३ महिनासम्ममा पनि नपाउने अवस्था रहेकोमा हाल त्यस्तो समस्या नभएको र सबै जिल्ला प्रशासन कार्यालयमा आवेदन दिएको १५ दिनभित्र वितरण भइसक्ने व्यवस्था गरिएको विभागकाे भनाइ छ । 

विभागका अनुसार जिल्ला प्रशासन कार्यालयमा आवेदन दिएको एक हप्तामा प्रिन्ट गरेर सम्बन्धित जिल्लामा पठाउने व्यवस्था भइसकेको छ । विभागले राहदानी वितरणको प्रक्रिया सरल र सहज भएको भन्दै अत्यावसेक बाहेकको अवस्थामा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै राहदानी लिनका लागि आवेदन गर्न भनेको छ । 

विभागले विभागसहित सबै जिल्ला प्रशासन कार्यालयहरू र १७ वटा इलाका प्रशासन कार्यालयमार्फत् राहदानी वितरणको व्यवस्था मिलाएको छ । 

हेर्नुहाेस् विभागकाे विज्ञप्ति


 

salt training

कमेन्ट गर्नुहोस्