२६ जेठ २०८३, मंगलबार

विनोद शाही हत्या प्रकरणः पञ्चदेवलकी मेयर चलाउनेसहित ७ जना पक्राउ

विनोद शाही हत्या प्रकरणः पञ्चदेवलकी मेयर चलाउनेसहित ७ जना पक्राउ

अछाममा एक किशोरको हत्या आरोपमा पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

पञ्चदेवल विनायक वडा नं. ४ का १६ वर्षीय विनोद शाहीको हत्यामा संलग्न भएको भन्दै किटानी जाहेरी परेपछि मेयर चलाउनेसहितलाई प्रहरीले नियन्त्रणमा लिएको हो । चलाउने कांग्रेसबाट निर्वाचित मेयर हुन् । 

‘मेयर चलाउने हिजो (शनिवार) आफैं प्रहरी कार्यालयमा उपस्थित हुनु भएको हो,’ अछाम प्रहरी प्रमुख नारायण डाँगीले भने, ‘अनुसन्धान हुँदैछ, अन्य कुराहरू खुलाउन मिल्दैन ।’

जेठ १७ गते कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको विवादपछि शाही बेपत्ता भएका थिए । उनको शव जेठ २१ गते बिहान जंगलमा फेला परेको थियो । 

घटना भएको महिना दिन भइसक्दा समेत दोषीलाई पक्राउ नगरेको भन्दै एमालेसहितका ५ राजनीतिक दलले आइतवार अछाममा सवारीसाधन बन्द गराएका थिए । 

नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र विप्लव नेतृत्वको नेकपाले संयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै आइतवार र सोमवार २ दिन सवारीसाधन बन्दको घोषणा गरेका छन्  ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, 'शक्ति र सत्ताको आडमा दोषीले उन्मुक्ति नपाओस् भनेर असार १९ र २० गते सार्वजनिक सवारी साधन पूर्ण रुपमा बन्द गर्न बाध्य भएका छौं ।'

salt training

कमेन्ट गर्नुहोस्