२९ जेठ २०८३, शुक्रबार

माओवादीमा रिपोर्टिङः गठबन्धनमा कांग्रेसले इमान्दारिता देखाएन

माओवादीमा रिपोर्टिङः गठबन्धनमा कांग्रेसले इमान्दारिता देखाएन

नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्षहरूले गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले सोचेअनुरूप सहयोग नगरेको रिपोर्टिङ पेश गरेका छन् । आइतवार शुरु भएको माओवादी केन्द्रीय कमिटीको बैठकमा रिपोर्टिङ पेश गर्ने क्रममा सात प्रदेश तथा तीन गैर भौगोलिक प्रदेशका अध्यक्षहरूले सत्ता गठबन्धनमा सहभागी दल कांग्रेसले सोचेजस्तो सहयोग नगरेको प्रतिवेदन पेश गरेका हुन् । 

बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा नेता वर्षमान पुनले प्रदेश कमिटीका अध्यक्षहरू गठबन्धनभित्रको दल कांग्रेसको भूमिकाप्रति सन्तुष्ट नदेखिएको जानकारी दिए । उनका अनुसार कांग्रेसको असहयोगका कारण स्थानीय तहको निर्वाचनको सोचेका जस्तो परिणाम नआएको निष्कर्ष प्रदेश अध्यक्षहरूको रहेको छ ।  

प्रदेश अध्यक्षहरूले रिपोर्टिङको क्रममा माओवादी केन्द्र बलियो रहेको ठाउँमा कांग्रेसले नेकपा एमालेलगायतका अन्य दलसँग तालमेल गरेको भन्दै असन्तुष्टि प्रकट गरेका छन् । कांग्रेसले धेरै स्थानमा माओवादी केन्द्रको सहयोगमा निर्वाचन जिते पनि माओवादीलाई जिताउन प्रभावकारी भूमिका खेलेको छैन । गठबन्धनप्रति कांग्रेस इमान्दार नभएको उनीहरूको निष्कर्ष  छ । 

दुवै दलको बराबरी हैसियत रहेको स्थानमा गठबन्धन प्रभावकारी रहेको देखिए पनि अन्य स्थानमा सन्तोषजनक परिणाम नआएको नेता पुनले प्रदेश अध्यक्षहरूलाई उदृत गर्दै भने । 

त्यस्तै, कतिपय स्थानमा पार्टीको आन्तरिक समस्याका कारण पनि परिणाम आफ्नो पक्षमा नआएको उनीहरूको ठम्याइ छ । उम्मेदवार चयनमा देखिएको समस्या, निर्वाचन परिचालनका क्रममा भएको असहयोगलगायतका कारण एकाध ठाउँमा हार व्यहोर्नु परेको उनीहरूको निष्कर्ष छ । 

बैठक सोमवार बिहान ११ बजे पुनः बस्ने छ । 

salt training

कमेन्ट गर्नुहोस्