०८ असार २०८३, सोमबार

शेयर बजारमा सुधारको संकेत, ७ कम्पनीको शेयरमा सर्किट

शेयर बजारमा सुधारको संकेत, ७ कम्पनीको शेयरमा सर्किट

शेयर बजारमा सुधारको संकेत देखिएको छ । साताको पहिलो दिन आइतवार शेयर बजार मापक नेप्से परिसूचक ६५.६५ अंकले बढेको छ  । शुक्रवार ८.८७ अंकले घटेको नेप्से आइतवार भने २.८४ प्रतिशतले बढेर २०८६.४२ बिन्दुमा पुगेको छ । 

आइतवार २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता शेयरको २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९९ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेका १३ उपसमूहमा सबै उपसमूहको परिसूचक बढेका छन् । जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.३० प्रतिशत बढेको छ । जलविद्युत् उपसमूहको परिसूचक ५.६३ प्रतिशत बढेको छ । वित्त, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक  भने ४ प्रतिशतभन्दा बढीले बढेको छ ।

आइतवार ७ कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लागेकोे छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन, हिमालयन पावर पार्टनर, अपर तामाकोशी, सान्जेन लघुवित्त कम्पनी, नेष्डो समृद्ध लघुवित्त, सिवाईसी लघुवित्त र रसुवागढी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लागेको छ । 

शेयर बजार बढेको दिन ३० कम्पनीको शेयर मूल्य भने घटेको छ । कारोबार रकमका आधारमा २२ करोड २८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री गरेर ङादी गु्रप पावर शीर्ष स्थानमा रहेको छ । हिमालयन डिष्टिलरीको करिव ९ करोडको शेयर कारोबार भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्