२७ जेठ २०८३, बुधबार

युक्रेनको लिसिचान्स्क शहरमा रुसको पूर्ण नियन्त्रण कायम

असार १९, २०७९
युक्रेनको लिसिचान्स्क शहरमा रुसको पूर्ण नियन्त्रण कायम

रुसी सेना र डोनबासका दुई जनगणतन्त्रका लडाकूहरूले युक्रेनको लुगान्स्क क्षेत्रमा रहेको लिसिचान्स्क शहर पूर्ण नियन्त्रणमा लिएका छन् । 

एक हप्ताको भीषण लडाइँपछि अब रुस डोनबास क्षेत्रमा एकछत्र राज गर्न सफल भएको छ । 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई रक्षामन्त्री सर्गे शोइगुले लिसिचान्स्क रुसको नियन्त्रणमा आइसकेको जानकारी आइतवार दिएका छन् । 

रुसको रक्षा मन्त्रालयले बताएअनुसार, रुसी सैनिकहरूले शहरभित्र घेराबन्दीमा पारेर युक्रेनीहरूलाई पराजित गरेका छन् । 

एक हप्ताअघि सेभेरोडोनेत्स्क नियन्त्रणमा लिएपछि लिसिचान्स्कतर्फ बढेको रुसी सेनाले अर्को सफलता हासिल गरेको हो । 

अब रुसी सैनिकहरू डोनेत्स्क क्षेत्रमा रहेका क्रामातोर्स्क तथा अन्य शहर नियन्त्रणमा लिन अघि बढ्ने अनुमान गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्