०६ असार २०८३, शनिबार

अढाई करोड बढीकाे दाँत कोट्याउँने सिन्का आयात

अढाई करोड बढीकाे दाँत कोट्याउँने सिन्का आयात

नेपालले करिब अढाई करोड रूपैयाँको ‘टुथपिक’ अर्थात् दाँत कोट्याउने सिन्का आयात गरेको छ । भन्सार विभागको पछिल्लो विवरणअनुसार हाम्रै गाउँघरमा पाइने, बाँस प्रयोग गरेर निर्माण गर्न सकिने दाँत कोट्याउने सिन्काको आयातमा समेत मोटो रकम विदेशिएको हो । 

विभागको विवरणअनुसार चालु आवको ११ महिना मात्रै कूल ८४ हजार ३८७ किलोग्राम बराबरको टुथपिक आयात भएको छ । त्यसका लागि मात्रै रु दुई करोड ५३ लाख ५२ हजार बराबरको रकम विदेशिएको छ । 

विभागको विवरण अनुसार चिनबाट मात्रै दुई करोड ५१ लाख ६२ हजार मूल्य बराबरको टुथपिक भित्रिएको देखिन्छ । अन्य देशबाट पनि त्यस्तो सामग्री आयात भएको छ ।

नेपालबाट बाँसबाट निर्मित ह्यांगरको आयातमा पनि लाखौँ रकम विदेशिने गरेको तथ्यांक छ । विभागका अनुसार चालु आवको ११ महिनामा रु ६२ लाख ९० हजार मूल्य बराबरका ह्यांगर आयात भएको छ । यस्तै, सलाईको काँटी आयातमा मात्रै रु ७० लाख ८२ हजार बराबरको रकम बाहिरिएको छ ।

विभागले सार्वजनिक गरेको विवरणानुसार चालु आवको जेठ मसान्तसम्म करिब सात अर्ब ८१ करोडभन्दा बढिका काठ, बाँस तथा यसका सामग्री आयात भएको छ । यस अवधिमा करिब रु ६७ करोड ७५ लाख बढि मूल्यका फर्निचर आयात भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्