
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यहरूबीच आइतवार भेटवार्ता भएको छ ।
भेटवार्तामा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको गठबन्धनलगायतका विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । उनका अनुसार नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारी पनि बनेको छ ।
नेकपा (एस)का सम्माननीय नेता झलनाथ खनालले पनि वामपन्थी एकतालाई मजबुत बनाउन छलफललाई निरन्तरता दिने सहमति बनेको लोकान्तरलाई बताए ।
भेटवार्तामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एस) अध्यक्ष माधवकुमार नेपाल, नेकपा (एस)का सम्मानित नेता खनाल, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।