२९ जेठ २०८३, शुक्रबार

राजधानीको बल्खुमा गाडीको ठक्करबाट  एकको मृत्यु

राजधानीको बल्खुमा गाडीको ठक्करबाट  एकको मृत्यु

काठमाडौँको बल्खुमा गाडीको ठक्करबाट भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१४ बल्खु तरकारी बजार नजिक सडकमा बा१३च ६४१९ नंको गाडीको ठक्करबाट भारत महाराष्ट्र घर भएका योगिता बन्सुरको पाँच वर्षीय छोरा आयुष बन्सुरको आज  मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते आयुषको उपचारका क्रममा बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा योगिता भने घाइते भएको र योगिताको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ । दुर्घटनामा संलग्न चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्