साउन २६, २०७९
भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित १६ हजार २९९ थपिएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ लाख २५ हजार ७६ पुगेको छ । परीक्षणका क्रममा संक्रमितको दर पनि ४.५८ प्रतिशतले बढेको भारतीय सञ्चारम...
बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको आज करिब २३ लाख मात्रा नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत ‘फाइजर बायोएनटेक’ खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।
उनका अनुसार २२ लाख ९९ हजार २०० मात्रा खोप नेपाल आइपुगेको हो । उक्त खोप ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि लगाइने छ । आज प्राप्त भएको खोप यसअघि असार ९ देखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई दोस्रो मात्रा खोप लगाइने छ ।
यसअघि बालबालिकालाई लगाइने खोप २२ लाख तीन हजार २०० मात्रा आएको थियो । सरकारले ५ देखि १२ वर्षमुनिका ३९ लाख बालबालिकालाई दुई चरणमा खोप लगाइरहेको छ ।
पहिलो चरणमा २७ जिल्लामा यही असार ९ देखि १५ गतेसम्म बालबालिकालाई विद्यालयमा गएर खोप प्रदान गरिएको थियो । सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइने छ ।
यस्तै दोस्रो चरणमा ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ । रासस
भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित १६ हजार २९९ थपिएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ लाख २५ हजार ७६ पुगेको छ । परीक्षणका क्रममा संक्रमितको दर पनि ४.५८ प्रतिशतले बढेको भारतीय सञ्चारम...
नरिवलको तेलले फुस्रो छालाको समस्याबाट छुट्कारा दिन्छ । यसका लागि मह र नरिवलको तेलको मिश्रण बनाएर प्रयोग गर्नुपर्छ । यस्तो मिश्रण लगाएर केही समयसम्म छोड्नुपर्छ र मनतातो पानीले सफा गर्नुपर्छ । घरमै डिप क्लिजिङ गर्न ...
जिल्लामा नवजात शिशुको दुर्लभ शल्यक्रिया सफल भएको छ । जन्मँदै नाइटो नबनी नाइटोको भागबाट आन्द्रा बाहिर निस्किएको शिशुको सफल शल्यक्रिया गरिएको हो । चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) मा शल्यक्रिया गरिएको ...
रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । गतवर्षको तुलनामा यो वर्ष डेङ्गुका बिरामी धेरै देखिएका छन् । आर्थिक वर्ष २०७८/७९ मा दुई सय ६९ डेङ्गुका बिरामी भेटिएका थिए । गत आवमा ४६ जनामा डेङ्गु सङ्क्रमण...
बुटवलमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान शुरू भएको छ । जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वयंसेविकाको सहभागितामा अभियान शुरु भएको बुटवल उपमहानगरपालिकाका ...
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमबाट २ जनाको मृत्यु भएको छ । शुक्रवार २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७८१ जना नयाँ संक्रमित थप...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...