
आगामी ३ दिनसम्म प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तलै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले सोमवार एक बुलेटिन जारी गर्दै आगामी ३ दिनसम्म नदीहरूको बहाव सतर्कता तहभन्दा तलै रहने अनुमान गरेको हो ।
केही स-साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक वहाव समेत हुन सक्ने पूर्वानुमान रहेको विभागले जनाएको छ ।
