२१ जेठ २०८३, बिहीबार

प्रेजेन्टर्स एसोसियशन अफ नेपाल संस्थाको घोषणा

प्रेजेन्टर्स एसोसियशन अफ नेपाल संस्थाको घोषणा

प्रेजेन्टर्स एसोसियशन अफ नेपाल संस्थाको घोषणा गरिएको छ । 

आइतवार काठमाडौंस्थित साँस्कृतिक संस्थानमा पत्रकार सम्मेलन आयोजना गर्दै  सो संस्थाको औपचारिक घोषणा गरिएको हो ।

टेलिभिजन , रेडियो तथा स्टेजमा कार्यरत संचारकर्मीहरू समेटेर विवेक उपाध्यायको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ । 

माल्भिका सुब्बा वरिष्ठ उपाध्यक्ष रहेको सो एसोसियसनको सम्पन्न पत्रकार सम्मेलनमा काठमाडौं महानगरपालिकाकी उप प्रमुख सुनिता डंगोललाई मानर्थ सदस्यको उपाधि प्रदान गरिएको थियो । 

एसोसिएसनमा वरिष्ठ सञ्चारकर्मी रमा सिंह , माइकल चन्द , र कोमल वलीलाई संरक्षकको रुपमा मनोनयन गरिएको छ । 

यस्तै संचारकर्मी भूषण दाहाल,प्रभात रिमाल, हरिशरण लामिछानेलाई मानार्थ सदस्यका रुपमा मनोनयन गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै उप प्रमुख डंगोलले आगामी दिनहरुमा महानगरपालिका तथा एशोसियसनका बीच रचनात्मक सहकार्य गर्ने प्रतिबद्धता जनाइन् । 

प्रेजेन्टर्स एसोसिएशन अफ नेपाल संस्थाको कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा माल्भिका सुब्बा, उपाध्यक्षमा विवेक सिंह ठकुरी , महासचिवमा जि.पी तिमलसेना र कोषाध्यक्षमा निर्णय श्रेष्ठ रहेका छन् ।

यस्तै सदस्यहरूमा सुगारिका के.सी, बिना श्रेष्ठ, उरुषा जोशी, अमन प्रताप अधिकारी, खुस्बु प्रधान र सुवेक्षा खड्का रहेका छन् । 

संस्था घोषणाको पत्रकार सम्मेलनमा सांस्कृतिक संस्थाका जिएम अशोक प्यासी राई लगायत वरिष्ठ संचारकर्मी हरुको सहभागिता रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्