
नेकपा एकीकृत समाजवादी (एस)को सचिवालय बैठक अहिले बसिरहेको छ ।
होटल यल्लो पगोडामा केही बेरअघि देखि बैठक बसिरहेको हो ।
बैठकमा बागमती प्रदेश सरकारको मुख्यमन्त्री परिवर्तनको विषय प्रमुख एजेन्डाका रूपमा रहेको बताइएको छ ।
यसअघि भएको सहमति अनुसार बागमतीमा मुख्यमन्त्री पद छाड्नुपर्ने एसमा दवाव रहेको छ ।