२३ जेठ २०८३, शनिबार

भारतमा बस दुर्घटना: बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु

असार २०, २०७९
भारतमा बस दुर्घटना: बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु
तस्वीरः इण्डियाटुडेबाट

भारतमा सोमवार निजी बस दुर्घटना हुँदा विद्यालयका बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको छ । हिमाञ्चल प्रदेशको कुल्लु सैँजमा बस गहिरो खाडलमा खसेको हो । 

कुल्लुका डेपुटी कमिश्नर आशुतोष गर्गले सैँज जाँदै गरेको बस जांगला गाउँ नजिकै खोँचमा खसेको बताए । 

घटना बिहान ८ बजेतिर भएको हो । बसमा करीब ४५ यात्रु सवार थिए । दुर्घटनामा कयौं घाइते भएको आशंका गरिएको छ ।

अहिले उद्धार कार्य जारी छ । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनालाई ‘हृदयविदारक’ भनेका छन् ।  शोक सन्तप्त परिवारप्रति उनले समवेदना पनि व्यक्त गरेका छन् । 

उनले मृतकका आफन्तलाई दुई लाख रूपैयाँ र घाइतेलाई ५० हजार रूपैयाँ दिने घोषणा पनि गरेका छन् । - इण्डियाटुडेबाट

salt training

कमेन्ट गर्नुहोस्