०८ साउन २०८३, शुक्रबार

नेप्सेको सुधार एक दिन पनि टिकेन, सीवाईसीएलमा भने सर्किट

नेप्सेको सुधार एक दिन पनि टिकेन, सीवाईसीएलमा भने सर्किट

शेयर बजारमा भएको सुधार एक दिन पनि टिकेन। आइतवार ६५.६५ अंकले सुधार आएको शेयर बजार सोमवार भने ९.७५ अंकले घटेको छ।

यद्यपि बजार घटेको दिन पनि सीवाईसीएल नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। यसको शेयर मूल्य सोमवार १० प्रतिशतले बढेको छ। योसँगै सोमवार न्यादी ग्रुप पावरका लगानीकर्ताले पनि ९.९८ प्रतिशतले कमाएका छन्।

सोमवार बजार घटेका कारण सबैभन्दा बढी गुमाउनेमा भने ग्लोबल आइएमई बैंकको ऋणपत्रका लगानीकर्ता छन्। यसका लगानीकर्ताले ९.७५ प्रतिशतले गुमाए। 

सोमवार २३४ कम्पनीको १ करोड ९ लाख कित्ता शेयरको ७५ हजार ७९० पटक कारोबार भएको छ। यसबाट ४ अर्ब ४३ करोड रूपैयाँको कारोबार भएको पनि नेप्सेले जानकारी दिएको छ। 

सोमवार सबैभन्दा बढी शेयर कारोबार हुनेमा शिवम् सिमेन्टको १८ सय ९३ पटकको कारोबारबाट १७ करोड ५८ लाख रूपैयाँ भएको छ। सबैभन्दा बढी पटक कारोबार हुनेमा भने माथिल्लो तामाकोशी हाइड्रोपावरको १९ सय ९८ पटक भएको छ। 

salt training

कमेन्ट गर्नुहोस्