२६ जेठ २०८३, मंगलबार

अध्यागमनको अधिकार प्रहरीलाई दिनुपर्छः झपट रावल

अध्यागमनको अधिकार प्रहरीलाई दिनुपर्छः झपट रावल

नेकपा एमालेका सांसद झपटबहादुर रावलले अध्यागमनको अधिकार नेपाल प्रहरीलाई नै दिन माग गरेका छन्।

सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले अध्यागमनको अधिकार नेपाल प्रहरी वा राज्यको अन्य सुरक्षा निकायलाई नै दिनुपर्ने धारणा राखेका हुन्। अध्यगमनको कुरा राज्यको राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएकोले यसको जिम्मेवारी प्रहरीलाई नै दिनुपर्ने उनको तर्क छ। 

सांसद रावलले अध्यगमनको बारेमा हतारमा निर्णय लिनुभन्दा यसलाई गम्भीरताका साथ छलफल गरेर मात्रै विधेयक र नीति निर्माण गर्नुपर्ने आवश्यक्ता रहेको बताए। अध्यागमनको जिम्मेवारी निजामति कर्मचारीलाई दिने कुरामा आफू सहमत हुन नसक्ने उनको अडान छ। 

अध्यागमन भनेको आफैँमा सुरक्षाको विषय भएको जिकिर गर्दै उनले भने, ‘अध्यागमनलाई नेपाल प्रहरी वा अन्य सुरक्षा निकायअन्तर्गत राख्ने गरेर जानुपर्छ।’
 

salt training

कमेन्ट गर्नुहोस्