
नेपाल आयल निगमले इन्धन आपूर्ति नै प्रभावित हुन सक्ने भन्दै प्रधानमन्त्री र उद्योगमन्त्रीलाई चेतावनीसहितको पत्राचार गरेको छ ।
घाटा थेग्नै नसक्ने भएपछि नेपाल आयल निगमले प्रधानमन्त्री तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको ध्यानाकर्षण गराएको हो ।
निगमले सोमवार दुवै निकायमा पत्राचार गर्दै इन्धन आपूर्ति नै प्रभावित हुन सक्ने चेतावनी दिएको निगम स्रोतले लोकान्तरलाई जानकारी दियो ।
निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पत्र लेखेका हुन् ।
पत्रमा भनिएको छ,‘विषम परिस्थितिमा निगमलाई कुनै स्रोतबाट आवश्यक रकम उपलब्ध हुन सकेन, मूल्य समायोजन पनि हुन नसकेको हुँदा निकट भविष्यमा नै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या हुनसक्छ ।’
पत्रमा इन्धन खपत कम गर्नुको विकल्प नभएकोपनि उल्लेख गरिएको छ ।
निगमले चालु आर्थिक वर्षको अन्त्यसम्ममा ५५ अर्ब रुपैयाँ नोक्सानीमा जाने देखिएको उल्लेख गरेको छ ।
यस्तो छ निगमले सरकारलाई दिएको इन्धन खपत घटाउने १० विकल्प
