३१ असार २०८३, बुधबार

मुख्यमन्त्री राउतद्वारा छोरी शिक्षा बीमामा सहयोग गर्न आग्रह

मुख्यमन्त्री राउतद्वारा छोरी शिक्षा बीमामा सहयोग गर्न आग्रह

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत पुनः सुरु भएको छोरी शिक्षा बीमा/मुद्दति खाताका लागि सहयोग गर्न आग्रह गरेका छन् । 

मुख्यमन्त्री राउतले आज प्रदेशभरिका पालिका प्रमुखहरूलाई पत्र पठाउँदै प्रदेश सरकारले पुनः सुरु गरेको छोरी शिक्षा बीमा/मुद्दति खाता तयार गर्नका लागि सहयोग गर्न आग्रह गरेका हुन् । मधेस प्रदेशका सबै पालिकालाई पत्रमार्फत मुख्यमन्त्री राउतले यही असार २४ गतेसम्म सङ्कलन गरिने छोरी शिक्षा बीमाको फारम सङ्कलनमा सहयोग गर्न पालिका प्रमुखहरूसँग आग्रह गरेका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्