
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज (मंगलवार) पनि बस्दैछ ।
आज बस्ने बैठकमा केन्द्रीय सदस्यहरूले राखेको धारणामाथि पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जवाफ दिने कार्यसूची तय भएको छ ।
आइतवारदेखि शुरू भएको बैठकमा सदस्यहरूले बोल्ने क्रम सोमवार सकिएको छ।
आइतवार अध्यक्ष ‘प्रचण्ड’ले बैठकमा पेश गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा सोमवार राखेका थिए ।
उनीहरूको धारणामाथि प्रचण्डले आज जवाफ दिने र बैठक समापन गर्ने कार्यसूची रहेको छ ।