२८ जेठ २०८३, बिहीबार

शरणार्थीलाई स्वदेश फर्काउने योजना सार्वजनिक

असार २१, २०७९
शरणार्थीलाई स्वदेश फर्काउने योजना सार्वजनिक

लेबनानले सिरियाबाट आएर शरणार्थी भएकाहरूलाई स्वदेश फर्काउने योजना सार्वजनिक गरेको छ । प्रत्येक महिना १५ हजार शरणार्थीलाई सिरिया फर्काउने योजना लेबनान सरकारले बनाएको हो । 

लेबनानका विस्थापित व्यवस्थापन मन्त्री इस्साम चाराफेड्डीनले सोमबार दिएको जानकारीअनुसार योजनालाई कडाइका साथ कार्यान्वयन गर्ने अठोट सरकारले लिएको छ ।

योजनालाई कार्यान्वयन गर्नका लागि दुई वटा छुट्टा छुट्टै समिति बनाउने तयारी भइरहेको पनि उनले बताए । एउटा समितिमा लेबनान, सिरिया र संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्च आयुक्तको कार्यालयका प्रतिनिधि रहनेछन् भने अर्को समितिमा लेबनान, टर्की, जोर्डन र इराकका प्रतिनिधिहरू रहने भएका छन् ।   

सिरियाली शरणार्थीहरूले भने सिरियाको युद्ध अन्त्य नहुँदासम्म त्यहाँ बस्ने अवस्था नरहेकाले आफूहरू फर्किन नचाहेको बताउने गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्