१० साउन २०८३, आइतबार

नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा लामिछाने

नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा लामिछाने

नेपाली युवा उद्यमी मञ्चको १८ औं वार्षिक साधारणसभाले नयाँ राष्ट्रिय परिषद् गठन गरेको छ । 

परिषद्को अध्यक्षमा रितेश लामिछाने, प्रथम उपाध्यक्ष सहारा जोशी, द्वितीय उपाध्यक्ष कुशलसुन्दर श्रेष्ठ, महिला उपाध्यक्ष निभिता प्रधान रहेका छन् । 

त्यस्तै कार्यकारी सदस्यमा ऋचा श्रेष्ठ, कृष्ण सापकोटा, पवित्रा गौतम, आभूषण ज्योति कंसाकार र पुनित वैद्य छन् । परिषद्को निवर्तमान अध्यक्ष उदीप श्रेष्ठ हुन् । 

नयाँ कार्यसमितिले युवा उद्यमीहरूबीच क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सञ्जालको निर्माण गरी व्यवसाय विकास र प्रवर्द्धनमा जोड दिने विश्वास व्यक्त गरिएको छ । 

नवनिर्वाचित अध्यक्ष लामिछानेले यस वर्ष सम्पूर्ण च्याप्टरहरूलगायत काठमाडौंमा बृहत् ‘मेड इन नेपाल’ प्रदर्शनी गर्ने प्रतिबद्धता जनाएका छन् । 

साधारण सभा असार १७ गते काठमाडौं नक्सालस्थित मेरियट होटलमा भएको थियो । यसको मुख्य विषयवस्तु ‘इन्ह्यान्स’ थियो । 

उद्घाटन समारोहमा उद्योग मन्त्री दीलेन्द्रप्रसाद बडू, उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, मिस नेपाल २०२२ प्रियन्का रानी जोशी र विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तिहरूको उपस्थिति थियो । 

साधारण सभामा मञ्चबाट विगतमा गरिएका क्रियाकलाप र भावी योजनाहरू प्रस्तुत गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्