२३ असार २०८३, मंगलबार

नवनियुक्त प्रदेश सांसद भट्टराईले लिइन् शपथ

नवनियुक्त प्रदेश सांसद भट्टराईले लिइन् शपथ

नवनियुक्त प्रदेश सांसद हीमा बस्नेत भट्टराईले मंगलवार शपथ लिएकी छन् । 

अल्पसंख्यक कोटाबाट सांसद (प्रदेश सभा सदस्य) भएकी एमालेकी गुलेफुन खातुनले राजीनामा दिएपछि खसआर्य कोटाबाट भट्टराई प्रदेश १ की सांसद बनेकी हुन् ।

सरकारी कागजात कीर्ते गरेको अभियोगमा दोषी ठहरिएपछि खातुनले पदबाट राजीनामा दिएकी थिइन् । खातुनले राजीनामा दिएपछि सो पद खाली थियो । 

भट्टराईलाई निर्वाचन आयोगले सोमवार पत्र दिएको थियो । भट्टराई अधिवक्तासमेत हुन् ।

salt training

कमेन्ट गर्नुहोस्