२४ जेठ २०८३, आइतबार

एउटै पार्टीमा त समस्या हुन्छ, गठबन्धनको समस्यालाई सामान्य रुपमा लिनुपर्छ- देउवा

एउटै पार्टीमा त समस्या हुन्छ, गठबन्धनको समस्यालाई सामान्य रुपमा लिनुपर्छ- देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताएका छन् । 

मंगलवार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व. गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा भएका राजनीतिक समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताएका हुन् । 

‘धनराजजीहरूले पनि भन्नुभयो, गठबन्धनमा समस्या आयो । एउटै पार्टीमा त समस्या हुन्छ भने गठबन्धनमा कुर्सीमा त समस्या हुन्छ नै यसलाई समान्य रुपमा लिनुपर्छ । तपाईंहरू प्रधानमन्त्री भएपछि थाहा पाउनुहुन्छ,’ उनले भने । 

उपसभापति धनराज गुरुङले गठबन्धनमा समस्या आएकाले ‘सेफल्याण्डिङ’ गर्नुपर्ने बताएका थिए । 

उनले एउटै पार्टीमा पनि समस्या हुने गरेको भन्दै गठबन्धनमा आएका कुर्सीका समस्याहरूलाई सामान्य रुपमा लिन आवश्यक रहेको बताए । 

प्रधानमन्त्री देउवाले मोरङको विराटनगरमा रहेको भवनलाई स्व. नेता गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउने कुरा स्वागतयोग्य रहेको बताए । उनले संग्रहालय बनाउने कुरामा सरकारले सहयोग गर्ने पनि प्रतिबद्धता जनाए । 

कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाल ट्रेड युनियन कांग्रेसको कार्यालयमा ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष स्व. गिरिजाप्रसाद कोइरालाको अर्धकदको सालिक अनावरण गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्