३१ असार २०८३, बुधबार

अमेरिकामा जन्मिएको बच्चाका बुवालाई रहस्यमै राख्ने यी कलाकारको कस्तो रहर ?

असार २१, २०७९
अमेरिकामा जन्मिएको बच्चाका बुवालाई रहस्यमै राख्ने यी कलाकारको कस्तो रहर ?

मान्छेलाई थरिथरिका रहर हुन्छन् । घानाकी एक कलाकारले लामो समयदेखि आफ्नो बच्चा जन्मिएको विषय रहस्यमै राखिन्, अझैसम्म उनले बच्चाको बुवालाई रहस्यमै राखेकी छन् ।

घानाकी चर्चित कलाकार किसा जिबेकलले आफू अमेरिकामा रहँदा बच्चा जन्मिएको खुलासा यूटीभी घाना अनलाइनसँग गरेकी छन् । उनले हालसम्म आफ्नो बच्चा जन्मिएकोबारे सार्वजनिक जानकारी दिएकी थिइनन् ।

अन्तर्वार्ताका क्रममा उनले भनिन्, ‘गर्भवती भएको बेला भाइलाई भेट्न अमेरिका गएकी थिएँ । महामारीको प्रतिबन्धका कारण बच्चा जन्मिने बेला घाना फर्किन पाइनँ । त्यसैले बच्चा अमेरिकामै जन्मियो र मेरो बच्चा अमेरिकी नागरिक भयो ।’

अन्तर्वार्तामा उनले बच्चाको बुवाबारे केही बताइनन् । उनले भनिन्, ‘यो कुरा रहस्यमै रहोस् ।’

उनले आफ्नो शरीरमा सर्जरी समेत गराएकी छन् । धनी पुरुषलाई आकर्षित गर्न उनले सर्जरी गराएको आरोप लाग्ने गरे पनि उनले त्यसलाई अस्वीकार गरेकी छन् ।

उनले भनिन्, ‘बच्चा जन्मिएपछि मेरो शरीर राम्रो देखिएको थिएन, म पुरानो शरीर पाउन सकुँ भनेर सर्जरी गरें ।’

salt training

कमेन्ट गर्नुहोस्