×

NMB BANK
NIC ASIA

उत्पादनशील क्षेत्रमा लगानीको नीति ल्याउन राष्ट्र बैंकलाई बैंकर्सको सुझाव

असार २१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

आगामी मौद्रिक नीतिमा उत्पादनशील क्षेत्रमा बढी कर्जा लगानी गर्नुपर्ने नीति ल्याउन बैंकर्सहरूले नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका छन् ।

Muktinath Bank

सोमवार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौंमा आयोजित अन्तर्क्रिया कार्यक्रममा राष्ट्र बैंकलाई बैंकर्सहरूले यस्तो सुझाव दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैंकर्सहरू सबैले मौद्रिक नीतिको सुझावमा उत्पादन क्षेत्रमा कर्जा प्रभावलाई प्राथमिकता दिएर आत्मनिर्भर अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिए । कार्यक्रमा बोल्दै नेपाल बैकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपध्यायले उत्पादनशील क्षेत्रमा लगानी बढाउने किसिमको मौद्रिक नीति आउनुपर्ने सुझाव दिए ।


Advertisment
Nabil box
Kumari

उनले कृषि क्षेत्रमा लगानी बढाएर उत्पादनलाई वृद्धि गर्न सके मात्रै अर्थतन्त्रमा सुधार आउने बताए । उपाध्यायले नेपालमा आउने रेमिट्यान्स बैंकिङ प्रणालीभन्दा टाढा रहेकाले बैंकिङ प्रणालीमा ल्याउनुपर्ने बताए । उनले उत्पादन क्षेत्रमा जति मार्जिन दियो, त्यति बढ्दै जाने बताए । अध्यक्ष उपाध्यायले उत्पादनमूलक र अनुत्पादनमूलक क्षेत्र छुट्याएर जोखिम भारलाई कम गरेमा भने बैंकहरूलाई प्रोत्साहन हुने बताए ।

Vianet communication
Laxmi Bank

उनले उत्पादन क्षेत्रमा जोखिम भार फरक गरिनुपर्ने बताए । उनले बैंकहरूमा लागू भएको बेस रेट व्यावहारिक नभएको भन्दै मौद्रिक नीतिमार्फत सुधार गर्न सुझाव दिए ।

उनले भने, ‘उत्पादन क्षेत्रमा पनि खासगरी विदेशी लगानी यो वर्ष भारतमा ३३१ बिलियन फर्किएको अवस्था छ । ५ वर्षमा जुन वृद्धि गरेको थियो यो वर्ष तल झरेको छ । विदेशी लगानीको आशा गर्ने सम्भावना कम छ । हामीले लगानी बढाउने भए लगानी आउने ठाउँ कहाँ हो खोज्नुपर्छ । कृषि क्षेत्रलाई पनि शेयर मार्केटमा प्रवेश गराउन सके केही खेल्न सकिन्छ । रेमिट्यान्स अझै पनि बैंकिङ च्यानलबाट टाढा छौं । यसलाई कसिलो रूपमा काम गर्‍यो भने हुन्छ । यो रिसोर्स व्यवस्थापनमा हामीले बाहिरबाट आउने बवरिङ र ईसीबीका कुराहरूमा अझै सजिलो बनाउन सकिन्छ कि ? उत्पादनमूलक र अनुत्पादनमूलक क्षेत्र छुट्याउन सक्यो र उत्पादनमूलक क्षेत्रमा छोटो र लामो पोस्टपेटबाट भ्याल्यू चेनसँग जोडिएको कुन हो र आन्तरिक खपतसँग कुन हो, यसलाई मौद्रिक नीतिमा जोखिमको भारलाई मिलाउन सक्यो भने यो क्षेत्रलाई प्रोत्साहन गरे बैंकहरूले लगानी गर्ने जोखिम सँगसँगै बस्यो भने लगानीमा कडाइ हुन्छ । उत्पादन क्षेत्रमा प्राथमिकता दिने काम पनि त्यही गर भन्दा प्रेसर बढी हुन्छ । यहाँ दिने कुरा पनि दियौं । उत्पादन क्षेत्रमा जति मार्जिन दियो त्यति लगानी बढ्छ । उत्पादन क्षेत्रमा जोखिम भार फरक गर्नुपर्छ । बैंकहरूमा बेसरेड व्यावहारिक छैन । भारतको उदाहरण दिन सक्छौं । बेस रेटको क्यालकुलेसनलाई हामीले अन्तिमको ३ महिनाको मूल्यलाई ट्रान्सफर गर्ने सिस्टम गरिदियो भने राम्रो हुन्छ ।’

विकास बैंकर्स एशोसिएशनका अध्यक्ष तथा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले उत्पादनमुखी उद्योग र कृषि उत्पादन तथा प्रशोधन उद्योगमा दिने कर्जाको जोखिम भार मौद्रिक नीतिमार्फत घटाउनुपर्ने बताए । उनले त्यस्तो कर्जामा जोखिम भार घटाउँदा सजिलै उद्योगले कर्जा पाएर आन्तरिक उत्पादन बढ्ने बताए । अध्यक्ष पोखरेलले अहिले बैंकहरूबाट उत्पादन क्षेत्रमा निर्देशित मात्रै कर्जा लगानी भएको भन्दै राष्ट्र बैंकले तोकिएको प्रतिशतभन्दा बढी उत्पादन क्षेत्रमा लगानी गर्ने बैंकलाई प्रोत्साहन गर्नुपर्ने बताए । उनले मौद्रिक नीतिमार्फत विकास बैंकहरूले पनि सरकारी कारोबार गर्न पाउनुपर्ने व्यवस्था गर्न सुझाव दिए । अध्यक्ष पोखरेलले विकास बैंकलाई पनि सरकारी कारोबार गर्न दिए बैकिङ क्षेत्रको स्थिरतालाई सहयोग गर्ने बताए ।

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले बैंकहरूको कर्जा लगानी उत्पादन क्षेत्रमा बढी गर्नुपर्छ भन्ने राष्ट्र बैंकको नीतिमा उल्लेख हुनुपर्ने बताए । उनले पछिल्लो समय बैंकहरूले उत्पादन क्षेत्रभन्दा बाहिर बढी लगानी गर्दा समस्या आएको बताए । अध्यक्ष गोल्यानले विदेशबाट आउने रेमिट्यान्समा मौद्रिक नीतिमार्फत थप २ प्रतिशत ब्याजको व्यवस्था गर्नुपर्ने बताए । उनले नेपालमा विदेशी लगानी ल्याउनको लागि मौद्रिक नीतिमार्फत सहज बनाउनुपर्ने बताए ।

अध्यक्ष गोल्यानले बैंकहरूमा १० लाखभन्दा बढी जम्मा गर्न नपाउने भएको भन्दै मौद्रिक नीतिमार्फत २५ लाखसम्म बैंकको मुद्धति खातामा पैसा राख्न पाउने व्यवस्था गर्न माग गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x