×

NMB BANK
NIC ASIA

बैतडीमा विपद् प्रतिकार्य योजना कार्यान्वयनमा

असार २१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

बैतडीमा विपद् प्रतिकार्य योजना कार्यान्वयनमा  आएको छ ।

Muktinath Bank

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेश पन्थीको अध्यक्षतामा बसेको बैठकले विपद् प्रतिकार्य योजना पारित गर्दै स्थानीय तहमा समेत कार्यान्वयन गर्ने निर्णय गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकले मनसुनको प्रभाव बढ्दै गएका बेला विपद्का घटनाबाट हुने क्षति न्यूनीकरणका लागि पहल गर्ने निर्णय समेत गरेको छ । मनसुनी वर्षालाई ध्यानमा राखेर यसबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि आवश्यक सामग्री तयारी अवस्थामा राख्ने, सडकहरू अवरुद्ध भएमा तत्काल खुलाउन मशिन र औजार तयारी अवस्थामा राख्ने, त्यस्ता मशिन र औजार सञ्चालन गर्नेको फोन नम्बर सहितको सूची जिल्ला आपत्कालीन सञ्चालन केन्द्रमा उपलब्ध गराउने निर्णय भएको छ । 


Advertisment
Nabil box
Kumari

गत कात्तिकमा अविरल वर्षाका कारण बालीनालीमा क्षति व्यहोरेका परिवारलाई कृषि ज्ञान केन्द्र र भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत राहत उपलब्ध गराउने निर्णय गरेको छ । सिगास गाउँपालिकाले आफ्नो पालिका क्षेत्रमा विपद् जोखिमको सर्भे गरेको तथ्यांकलाई पुनः रुजु गरी असार २१ गतेभित्र जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको छ । 

Vianet communication
Laxmi Bank

प्रत्येक महिना जिल्लाका स्थानीय तह समन्वय बैठक गर्ने निर्णय समेत भएको जिल्ला विपद् व्यवस्थापन समिति बैतडीले जनाएको छ । यसका साथै विपद्बाट घरवारविहीन हुनसक्ने परिवारको उद्धार तथा व्यवस्थापनका लागि प्रत्येक स्थानीय तहले आश्रयस्थलको व्यवस्थापन गर्ने र त्यसको विवरण जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई उपलब्ध गराउने निर्णय भएको छ । 

जिल्लामा हुनसक्ने सम्भावित विपद्बाट प्रभावित हुनसक्ने परिवार र घरधुरीलाई मध्यनजर गरेर आ–आफ्ना तहमा रहेका अस्थायी आश्रयस्थल पहिचान गरी जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा पठाउन भनिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सहज होस् भनेर यस्तो निर्णय गरिएको हो । 

स्थानीय तहमा रहेका विद्यालय, सार्वजनिक जग्गा, सामुदायिक भवन आदिलाई आश्रयस्थलको रुपमा प्रयोग गर्न सकिने भएकाले त्यस्ता क्षेत्रको पहिचान गर्न भनिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x