०४ साउन २०८३, सोमबार

वार्षिकोत्सवको अवसरमा अजोड इन्स्योरेन्सले आयोजना गर्‍यो विभिन्न कार्यक्रम

वार्षिकोत्सवको अवसरमा अजोड इन्स्योरेन्सले आयोजना गर्‍यो विभिन्न कार्यक्रम

अजोड इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिकोत्सव कार्याक्रम सम्पन्न भएको छ ।

कम्पनीले मंगलवार वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजनासमेत गरेको छ । 

नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेको कम्पनीले जनाएको छ ।    

सोही अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत काठमाण्डौ जिल्ला टोखा नगरपालिका वडा नं. ९, गोंगबु स्थित हिमालयन वृद्धाश्रममा आश्रित ४३ जना वृद्धवृद्धाको लागी खाद्यान्न सहयोग कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले संयूक्त रुपमा वृद्धा आश्रमकी अध्यक्ष सरला पन्थीलाई खाद्यान्न हस्तान्तरण गरे ।

सो कार्यक्रममा उपप्रमुख मुरारी तामाङ र वडा नम्बर ९ का वडाअध्यक्ष राम भक्त घिमिरे, आश्रमका अन्य संचालक तथा अजोड इन्स्योरेन्स लिमिटेडका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

२०७५ असार २१ देखि आफ्नो व्यवसायिक कारोवार शुरू गरेको यस बीमा कम्पनीले हालसम्म प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २९ वटा शाखा, २५ वटा उपशाखा कार्यालयहरु, ११ बीमा काउण्टर र ३ वटा तेस्रो पक्ष बीमा काउण्टरहरूबाट सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । 

हालसम्म कम्पनीमा ३२३ जना कर्मचारी कार्यरत रहेका छन् भने आधारभूत निर्जीवन बीमा अभिकर्ता ४५९ जना, कृषि तथा पशुपन्छी बीमा अभिकर्ता ३१७ जना कृषि तथा पशुपन्छी क्षती मूल्याङ्कनकर्ता ३९ जना र १२२ जना बीमा सर्भेयरहरु सूचीकृत रहेको कम्पनीले जनाएको छ ।

त्यसैगरी कम्पनीले आ.व. २०७८/७९ को आषाढ २० सम्ममा १ लाख २२ हजार ९६५ बीमालेख जारी गरी कुल बीमा शुल्क १ अर्व ५६ करोड रुपैयाँ आर्जन गरेको साथै कुल दाबी भुक्तानी संख्या ५ हजार २६ मार्फत कुल दाबी भुक्तानी रकम ७१ करोड ५८ लाख रुपैयाँ भुक्तानी गरिसकेको जनाएको छ । 

कम्पनीले  चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको र जगेडा तथा कोषमा १३ करोड ९५ लाख रुपैयाँ र बीमा कोषमा १५ करोड ९२ लाख रुपैयाँ संचित गरेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्