
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।
बुधवार दिउँसो १ बजे बस्ने गरी तय भएको बैठक बिहीवार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।
पार्टी नेतृत्वको टीम प्रतिनिधिसभा बैठकमा सहभागी बन्नुपर्ने भएकाले बैठक सरेको नेकपा माओवादी केन्द्रका नेता रमेश मल्लले जानकारी दिए ।
बुधवारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी केन्द्रीय पदाधिकारी र स्थायी समिति सदस्यको नामावली प्रस्ताव गर्ने चर्चा थियो ।