२१ असार २०८३, आइतबार

रेल्वे विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

रेल्वे विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

प्रतिनिधि सभाको बुधवारको बैठकमा रेल्वे विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले बैठकमा रेल्वे विधेयक २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

विधेयक राष्ट्रिय सभामा उत्पत्ति भएको थियो । यसअघि विधेयकमाथिको छफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री राईले विदेशीले सोझै सञ्चालन गर्न दिने सरकारको नियत नभएको र प्रचलित कानूनको आधारमा विदेशी वा निजी कम्पनीसँग सहयोग लिन सकिने बताए ।

देशको सार्वभौमसत्ता धुमिल नहुने गरी काम गर्न र कानूनको परिपालनामा मन्त्रालय सजग रहेको उनको भनाइ छ । हाल जनकपुर–जयनगर रेल सञ्चालनमा आइसकेकाले पनि ऐन आवश्यक रहेको उनले बताए ।

उनले भने, ‘ऐन ल्याउन नसक्दा रेल सेवा नै बन्द गर्नुपर्ने अवस्था आउनसक्छ ।’ विधेयक असार १७ गते राष्ट्रिय सभाबाट पारित भएको थियो । विधेयकमाथिको छलफलमा सांसदहरू दिव्यमणिराज भण्डारी, भीमबहादुर रावल, सरिताकुमारी गिरी, प्रेम सुवालले भाग लिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्