१९ असार २०८३, शुक्रबार

दार्चुलाको ब्यासमा तुइनबाट खसेर बेपत्ता भएकाको खाेजीकार्य तीव्र बनाउन गृहमन्त्रीको निर्देशन

दार्चुलाको ब्यासमा तुइनबाट खसेर बेपत्ता भएकाको खाेजीकार्य तीव्र बनाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर २ मा तुइनबाट भारत तर्फबाट नेपालतर्फ आउँदै गर्दा वेपत्ता भएका १८ वर्षीय सचिन बुढाथोकीकाे खाेजीकार्य तिव्र बनाउन सम्वन्धित निकायलाई निर्देशन दिएका छन् । 
गृहमन्त्री खाणले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेश प्रमुख सशस्त्र प्रहरीका नायब महानिरीक्षक दुर्गाप्रसाद भट्टराई, नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख नायब महानिरीक्षक माेहन आचार्यलाई टेलिफाेन गरी वेपत्ता बुढाथाेकीको खाेजी कार्य तिव्र बनाउन निर्देशन दिएका हुन् ।
सशस्त्र प्रहरी नायब महानिरीक्षक भट्टराईले खाेजी कार्य तीव्र बनाउन गृहमन्त्रीले निर्देशन दिएकाे तथा सशस्त्र र नेपाल प्रहरी मिलेर रातिसम्म खाेज्दा पनि फेला पार्न नसकेकाे बताए । बिहीबार थप फाैज पठाएर खाेजी कार्य तिव्र बनाएको उनले बताए । 

बुढाथोकी दिउँसो साढे तीन बजे गह्रौ भारीसहित दुम्लिङ नजिक भारतबाट नेपालतर्फ आउँदै गर्दा तुइन चुडिएर वेपत्ता भएकाे जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएकाे छ ।

salt training

कमेन्ट गर्नुहोस्