×

NMB BANK
NIC ASIA

रुग्ण उद्योग

दुई दशकदेखि बन्द हेटौंडा कपडा उद्योगको नालीबेली: यसै वर्ष कसरी आउला सञ्चालनमा ?

असार २४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

विगत २२ वर्षदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउनका लागि सरकारले गृहकार्य शुरू गरेको छ ।

Muktinath Bank

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले नयाँ आर्थिक वर्ष २०७९/०८० को बजेटमा हेटौंडा कपडा उद्योग लगायतका रुग्ण तथा बन्द प्रायः उद्योगहरूलाई उपयुक्त ढाँचामा सञ्चालनमा ल्याइने उल्लेख गरेका छन्  ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयात निरुत्साहन गर्न तथा आन्तरिक उत्पादनलाई बढावा दिई राज्यलाई समृद्ध बनाउने अभियानमा यसले टेवा दिने विश्वासका साथ तत्कालीन अर्थमन्त्री शर्माले बजेटमा महत्त्वका साथ रुग्ण उद्योगहरूलाई सञ्चालनमा ल्याउने उल्लेख गरेका थिए  ।


Advertisment
Nabil box
Kumari

तर, आर्थिक वर्ष शुरू हुन लाग्दा समेत यो काम कसरी अगाडि बढ्छ भन्ने विषयमा सामान्य हिसाबकिताब समेत भएको छैन । 

Vianet communication
Laxmi Bank

अर्थमन्त्रालय, उद्योग मन्त्रालय र कृषि मन्त्रालयको आपसी समन्वयमा हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याइने बताइए पनि यस विषयमा ठोस काम शुरू भइनसकेको उद्योग मन्त्रालय बताउँछ । 

उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू र निवर्तमान अर्थमन्त्री शर्माबीच उद्योग चलाउने विषयमा सहमति भएपनि यसले औपचारिक रूप लिइनसकेको मन्त्रालय स्रोतको दाबी छ । 

सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा प्रयोग गर्ने व्यवस्था मिलाउने कुरा बजेटमा समेत उल्लेख छ । तर, अहिलेसम्म यो कसरी बढ्छ भन्ने विषय टुंगोमा पुग्न सकेको छैन ।

मन्त्रालयले मोडालिटीबारे अध्ययन गर्ने भने पनि समिति बनाएको छैन । यद्यपि अनौपचारिक रूपमा विभिन्न विकल्पहरूबारे छलफल भइरहेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार, मन्त्रालयले संस्थानसँग सम्बन्धित विगतका कागजात अध्ययन गरिरहेको छ । सार्वजनिक निजी अवधारणाअनुसार चलाउने, सरकार आफैंले चलाउने वा निजीकरण गर्ने भन्ने विकल्पमा अध्ययन भइरहेको छ ।

‘अबको दुई हप्ताभित्रमा एउटा निष्कर्ष आउला कि भन्ने हामीले सोचेका छौँ,’ मन्त्रालय स्रोत भन्छ, ‘त्यसपछि मात्रै सञ्चालनको मोडालिटी बन्छ ।’

मन्त्रालय स्रोतका अनुसार, मन्त्रालय आफैंले हेटौंडा कपडा उद्योग सञ्चालन गर्नेतर्फ जोड दिइएको छ । चीन सरकारको लगानीमा २०३२ सालमा स्थापना भएको हेटौँडा कपडा उद्योग करीब २२ वर्षदेखि बन्द छ । 

लगातार घाटामा गएपछि २०५७ साल फागुन १ गतेबाट यो उद्योग पूर्णरूपमा बन्द गरिएको थियो । 

कस्तो छ हेटौंडा कपडा उद्योगको अवस्था ? 

हाल हेटौंडा कपडा उद्योगलाई औद्योगिक क्षेत्रले रेखदेख गर्दै आइरहेको छ ।

स्थापनाकालदेखिकै मशिनहरू मौज्दातमा रहेको यस उद्योगमा मशिनको व्यवस्थापन पनि मुख्य चुनौतीको रूपमा देखा पर्न सक्ने सम्भावना छ ।

त्यहाँ पुराना मशिनहरूको व्यवस्थापन नै केही जटिल देखिने अवस्था रहेको हेटौंडा औद्योगिक क्षेत्रका पूर्व क्षेत्र व्यवस्थापक राजेन्द्र कंडेल बताउँछन् ।

उनका अनुसार, मशिन निकै पुराना भएका छन् । तिनमा खिया लागिसकेको छ ।

‘मशिनहरू सामान्य मर्मतसम्भारले चल्ने अवस्थामा छैनन्,’ कंडेलले भने, ‘तिनको वृहत मर्मतसम्भार गरेर मात्रै यो सञ्चालनमा ल्याउन सकिन्छ ।’

उद्योगमा कपडा बुन्ने तान ४ सय ८६ वटा र स्पिन्डल १४ हजार ६ सय ८८ वटा छन् । यीमध्ये केही मशिन काम लाग्ने अवस्थामा रहेको र केहीलाई मर्मत सम्भार गर्नुपर्ने कंडेलले बताए ।

उनका अनुसार उद्योगको भवन पनि जीर्ण भइसकेको छ ।

‘जीर्ण भवनको मर्मतसम्भार तथा पुरा मशिनहरूको मर्मतसम्भार गर्न राज्यले ठूलो लगानी गर्नुपर्छ,’ कँडेलले भने, ‘यति भएमा बल्ल सञ्चालनबारे थप काम गर्न सकिन्छ ।’

‘उद्योग सञ्चालन गर्नुपर्नेमा एक मत छौं’

सरकारले हेटौंडा औद्योगिक क्षेत्रको प्रमुख व्यवस्थापकको जिम्मेवारी भोजराज बिँडारीलाई दिएको छ । 

‘अर्थमन्त्री तथा उद्योग मन्त्रीले भनिसक्नुभएपछि हामी पनि उद्योग सञ्चालन गर्नेमा एक मत छौं,’ उनले भने ।

बिँडारीले अब सरकारले मोडालिटी बनाएपछि के कसरी अगाडि बढ्ने भन्ने निष्कर्ष निस्कने र सोहीअनुरूप काम गर्ने बताए । 

पुराना मशिनको व्यवस्थापनका साथै नयाँ प्रविधि पनि भित्र्याएर काम गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

धागो उद्योगमा प्रविधिको धेरै परिवर्तन भइसकेको बताउँदै उनले भने, ‘पुरानै प्रविधिबाट फेरि घाटामा जाने गरी काम गर्न त भएन, त्यसैले अहिले नयाँ प्रविधिबारे पनि अध्ययन हुँदैछ ।’ 

औद्योगिक क्षेत्रको कार्यालयका अनुसार उद्योगको वार्षिक क्षमता २ हजार ३ सय मेट्रिक टन धागो उत्पादन गर्ने हो । 

२ करोड ५० लाख मिटर कपडा वार्षिक रूपमा उत्पादन गर्ने क्षमता राख्ने यस उद्योगले एक दिनमा ३६ हजार मिटर कपडा उत्पादन गर्न सक्ने कार्यालयको भनाइ छ । 

अझै पनि संशय

प्रत्येकपटक सरकार परिवर्तन हुँदा यस उद्योग सञ्चालनमा ल्याउनेबारे चर्चा हुने गरेको छ । 

विभिन्न समयमा सरकारले उद्योग सञ्चालन गर्ने भन्दै बजेट नै छुट्याए पनि उद्योगले गति लिनेगरी काम हुन सकेको छैन ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको तत्कालीन सरकारले उद्योग सञ्चालनका लागि भन्दै ८ करोड रुपैयाँ बजेट छुट्याएको थियो । 

६ करोड रुपैयाँ खर्चिएर मशिन मर्मतसम्भार गरेर परीक्षण गरिएपछि आवश्यकताअनुसार कपास उपलब्ध नभएको भन्दै उद्योग सञ्चालनमा ल्याइएको थिएन । 

यसपटक पनि उद्योग सञ्चालनमा आए कपासकै चिन्ता रहेको मन्त्रालय स्रोत बताउँछ । 

‘उद्योग सञ्चालनमा ल्याउन त सकिन्छ, तर कपासमा खर्च धेरै हुन्छ,’ मन्त्रालय स्रोत भन्छ, ‘खर्च धेरै हुँदा मूल्य बढ्छ, मूल्य बढेपछि चिनियाँ कपडालाई न्यूनीकरण वा प्रतिस्थापन दुवै गर्न सक्ने अवस्था हुँदैन ।’

२०६६ साल कात्तिकमा उद्योगलाई दोस्रोपटक लिक्विडेसनमा लैजाने प्रक्रिया अगाडि बढाएको थियो । 

यस्तै २०६९ माघ १२ को मन्त्रिपरिषद् बैठकले उद्योगको सम्पत्ति शेयर लगानीका रूपमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा गाभ्ने निर्णय गरेको थियो । 

यसपछि विभिन्न राजनैतिक दल नेतृत्वको सरकारले हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याउने बताउँदै आएका थिए ।

यसबारे पटक–पटक अध्ययन गरिएपनि ठोस निष्कर्ष आउन सकेको छैन । 

कर्मचारी व्यवस्थापन

यस उद्योगमा विगतमा करीब १ हजार २ सय कर्मचारीहरू रहेका थिए । 

उद्योग बन्द रहेको निकै लामो समयसम्म पनि कर्मचारी व्यवस्थापन तथा बिदाइका लागि सरकारलाई निकै गाह्रो भएको थियो । 

यस उद्योग अहिले सञ्चालनमा आयो भने परिस्थिति फरक रहेको छ । 

नवीनतम प्रविधि सञ्चालनमा ल्याउन सकेमा कर्मचारी समेत थोरै भए पुग्ने हुन्छ । 

हेटौंडा औद्योगिक क्षेत्रको पूर्व व्यवस्थापक कंडेल मशिन चलाउन करीब ५ सय कर्मचारी चाहिने बताउँछन् ।

उनले अन्य कामका लागि पनि कर्मचारी आवश्यक हुने भन्दै करीब १ हजार कर्मचारी भए सहज हुने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x