०५ साउन २०८३, मंगलबार

कांग्रेसको पदाधिकारी बैठक अघि डा. शेखर कोइराला पक्षको छुट्टै बैठक बस्दै

कांग्रेसको पदाधिकारी बैठक अघि डा. शेखर कोइराला पक्षको छुट्टै बैठक बस्दै
फाइल तस्बिर

नेपाली कांग्रेसको पदाधिकारी बैठकअघि नेता डा. शेखर कोइराला पक्षको छुट्टै बैठक बस्दै छ । सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक आह्वान गरेपछि डा. कोइराला पक्षको छुट्टै बैठक बस्न लागेको हो । आइतवार अराह्न १ बजे बालुवाटारस्थित डा. कोइरालाको सचिवालयमा बैठक बस्ने तय भएको उनी पक्षीय नेता गुरुराज घिमिरेले जानकारी दिए । 

उनका अनुसार डा. कोइराला पक्षको बैठकमा सभापति देउवाले बोलाएको पदाधिकारी बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने छ । सोमवारदेखि कांग्रेसको केन्द्रीय समिति बैठक पनि बस्दैछ । केन्द्रीय बैठकका विषयमा आफू पक्षीय रणनीति तयार गर्न छुट्टै बैठक बस्न लागेको उनले बताए । 

‘सभापतिजीले विधानको उल्लघंन गरिरहनु भएको छ, यस्तो अवस्थामा कसरी बैठकमा प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो’ उनले भने । 

सभापति देउवा विधानअनुसार नचलेकाले डा. कोइराला पक्षको आरोप छ । यसअघि उनी पक्षीय नेताहरूले छुट्टै बैठक राखेर पार्टीलाई विधानअनुसार सञ्चालन गर्नुपर्ने आवाज उठाएका थिए । विधानअनुसार ६ महिनाभित्र पार्टीको विभागहरु गठन गर्नुपर्ने, भ्रातृ संगठनहरुलाई चलायमान बनाउनुपर्ने लगायत माग डा. कोइराला पक्षको छ । 

salt training

कमेन्ट गर्नुहोस्